बजेटमा गाँजाखेतीको प्रस्तावप्रति पूर्वमन्त्री खुसी

काठमाडौं— अर्थमन्त्री डा.प्रकाशशरण महतबाट संघीय संसद्को संयुक्त बैठकमा सोमबार प्रस्तुत आर्थिक वर्ष २०८०/८१ को बजेटमा गाँजाखेतीको सम्भाव्यता अध्ययन गर्न गरिएको प्रस्तावप्रति पूर्वजनसङ्ख्या तथा स्वास्थ्यमन्त्री शेरबहादुर तामाङले खुसी व्यक्त गरेका छन् ।
नेपालमा गाँजाको वैधानिक र व्यावसायिक खेतीका लागि वकालत गर्दै आएका नेकपा एमालेका स्थायी कमिटीका सदस्य तामाङले बजेटबारे प्रतिक्रिया दिँदै यसलाई गाँजाखेतीको वैधानिकतामा पहिलो खुट्किलो भएको टिप्पणी गरेका छन् ।
उनले भने,‘सरकार र समर्थनलाई धन्यवाद । हामी सबैलाई बधाई ।’
प्रकाशित मिति: सोमबार, जेठ १५, २०८० २१:४१