News Griha :: न्यूजगृह
दैलेखमा ग्यास सिलिन्डर बोकेको ट्रक दुर्घटना,  ३ जनाको मृत्यु

काठमाडौं — दैलेखमा ग्यास सिलिन्डर बोकेको ट्रक दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ।

नेपालगन्जबाट दैलेख जाँदै गरेको भे १ ख २२०१ नम्बरको ट्रक गुराँस गाउँपालिका– ४ मा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार ट्रक सडकबाट अन्दाजी १ सय ५० मिटर तल खसेको छ । मृतकको सनाखत नभएको जिल्ला प्रहरी कार्यालयका डीएसपी किशोर लम्सालले बताए ।

दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ । 


 

प्रकाशित मिति: बुधबार, चैत ८, २०७९  ११:३०
Weather Update