जीपको ठक्करबाट पैदलयात्रीको मृत्यु

झापा— कमल गाउँपालिका–४ सीतापुरीमा जीपको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।
दुर्घटनामा कमल गाउँपालिका–५ का ४० वर्षीय चन्द्रबहादुर राईको मृत्यु भएको प्रहरीले जनाएको छ । मे१ज १९४२ नंम्बरको जिपले बाटो पार गर्दै गरेका राईलाई ठक्कर दिएको थियो ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक खगेन्द्रप्रसाद रिजालका अनुसार जीप चालक ३२ वर्षीय पेम्बा तामाङ पक्राउ परेका छन् ।
प्रकाशित मिति: बुधबार, चैत ८, २०७९ १०:४४