खुम्बुमा विदेशी पर्यटकको शव, प्रतिकूल मौसमले उद्धारमा समस्या

सोलुखुम्बु— सोलुखुम्बुको खुम्बु क्षेत्रमा लेक लागेर मृत्यु भएका एक जना विदेशी पर्यटकको शव उद्धारमा समस्या भएको छ ।
बाक्लो हिमपात तथा प्रतिकूल मौसमका कारण सोमबार लेक लागेर मृत्यु भएका स्लोभाकियाका ६८ वर्षीय आर्क जान्को शव उद्धारमा समस्या भएको हो ।
खुम्बु पासाङल्हामु गाउँपालिका–४ गोरक्सेप क्षेत्रमा रहेको हिमालयन होटलमा सुतेकै अवस्थामा अक्सिजन अभावका कारण उनको मृत्यु भएको थियो ।
जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका डीएसपी दिपक श्रेष्ठका अनुसार खुम्बु क्षेत्रमा लगातार हिमपात भइरहेकाले शव उद्धारमा समस्या भइरहेको छ । उनका अनुसार हिमपातका कारण सो क्षेत्रको सञ्चार सेवासमेत प्रभावित भएको छ ।
खुम्बु क्षेत्रमा मौसम सहज हुने बितिक्कै हेलिकोप्टर पठाएर उद्धार गरिने डीएसपी श्रेष्ठले बताए ।
प्रकाशित मिति: बुधबार, चैत ८, २०७९ १०:०७