News Griha :: न्यूजगृह
ट्रकको ठक्करबाट घाइते सन्तुमायाको मृत्यु

काठमाडौं— कलङ्कीमा ट्रकको ठक्करबाट घाइते भएकी तनहुँ घर भई चन्द्रागिरि नगरपालिका– १४ नैकाप बस्ने ६४ वर्षीया सन्तुमाया राउतको मृत्यु भएको छ । 

ट्रकको ठक्करबाट गम्भीर घाइते भएकी उनको उपचारका क्रममा सोमबार वीर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

आइतबार दिउँसो कलङ्की चोकमा सुदूरपश्चिम प्रदेश ०१–००१ ख २९४१ नम्बरको ट्रकले बाग्मती प्रदेशको ०२–००४ प ४७०३ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरको पछाडि सवार राउत गम्भीर घाइते भएकी थिइन्। 

प्रकाशित मिति: सोमबार, जेठ १५, २०८०  १३:३१
Weather Update