News Griha :: न्यूजगृह
संसदमा विद्यालय कर्मचारीका मागको पुनः चर्चा, सांसद रेखा यादव यसो भन्छिन्

काठमाडौं— जनता समाजवादी पार्टी (जसपा) की सांसद रेखा यादवले सामुदायिक विद्यालयमा कार्यरत विद्यालय कर्मचारीका माग बजेटमार्फत सम्बोधन गर्न पुनः सरकारको ध्यानाकर्षण गराएकी छिन् ।

१३ जेठमा बसेको प्रतिनिधि सभा बैठकमा सांसद यादवले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई नै विद्यालय कर्मचारीका मागबारे ध्यानाकर्षण गराएकी हुन् । उनले त्यसअघि ९ जेठमा पनि सरकारको ध्यानाकर्षण गराएकी थिइन् ।

१३ जेठको प्रतिनिधि सभा बैठकमा उनले भनिन्,‘विद्यालय कर्मचारीहरूलाई सरकारले झिनोमसिनो अनुदानबाट चलाइराखेको छ । कर्मचारीलाई दरबन्दीको सेवा कहिलेदेखि दिने ?’ 

 

प्रकाशित मिति: सोमबार, जेठ १५, २०८०  ०८:५६
Weather Update