News Griha :: न्यूजगृह
आर्थिक वर्ष २०८०/०८१ को बजेट प्रस्तुत गरिँदै

काठमाडौं— सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट आज ल्याउँदै छ ।

अर्थमन्त्री डा.प्रकाशशरण महतले आज अपराह्न ४ बजे संघीय संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्नेछन् । सरकारले खस्किँदो अर्थतन्त्र सुधार गर्ने कार्यक्रमलाई सम्बोधन गर्ने गरी बजेट ल्याउने भएको हाे ।

१७ खर्बभन्दा केही रकम बढ्ने गरेर अर्थ मन्त्रालयले बजेट ल्याउने तयारी गरेको छ । चालु आर्थिक वर्षको लागि १७ खर्ब ९३ अर्ब रुपैयाँको बजेट ल्याइएको थियो ।

प्रकाशित मिति: सोमबार, जेठ १५, २०८०  ०५:५६
Weather Update