News Griha :: न्यूजगृह
जसपा सांसदको प्रश्न– विद्यालय कर्मचारीका समस्या सुन्दा रुन मन लाग्छ, श्रमशोषण कहिलेसम्म ?

काठमाडौं— जनता समाजवादी पार्टी,नेपाल (जसपा) की सांसद रेखा यादवले सामुदायिक विद्यालयमा कार्यरत विद्यालय कर्मचारीका मागबारे मंगलबार (९ जेठ) बसेको प्रतिनिधि सभा बैठकमार्फत सरकारको ध्यानाकर्षण गराएकी छिन् ।

उनले विद्यालय कर्मचारीको श्रमशोषण भइरहेको जनाउँदै त्यसो नगर्न सरकारसँग माग गरेकी छिन् । उनले विद्यालय कर्मचारीका समस्या देखेर रुन मन लागेको पनि बताइन् । उनले सरकारलाई प्रश्न गरिन्,‘उनीहरूका समस्या सुन्दा भक्कानो छाडेर रुन मन लाग्छ । यसरी श्रमशोषण कहिलेसम्म ?’

विद्यालय कर्मचारीहरू न्यूनतम तलबसुविधा पाउन आन्दोलनमा उत्रन बाध्य हुनुपरेको,सांसदको घरदैलोमा पुगेर हारगुहार गरिरहेको भन्दै यादवले उनीहरूको समस्यालाई बजेटमार्फत सम्बोधन गर्न सरकारसँग माग गरिन् ।

उनले भनिन्,‘उनीहरूले अनुदानका आधारमा विद्यालयमा काम गरिरहेका छन् । राज्यले उनीहरूको पारिश्रमिकको सुनिश्चितता गर्नुपर्छ । लामो समयदेखि अन्यायमा परेका विद्यालयका कर्मचारी सेवासुविधाको माग गर्दै आन्दोलन गर्नुपरेको छ । उनीहरूले किन सुविधा नपाउने ? उनीहरूका लागि तलब छुट्टयाइयोस् ।’

प्रकाशित मिति: बुधबार, जेठ १०, २०८०  ०८:२४
Weather Update