विद्यालय कर्मचारीले गराए माग पूरा गराउन पहल गरिदिन सांसद यादवको ध्यानाकर्षण

काठमाडौं— नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिले जनता समाजवादी पार्टी (जसपा) नेतृ तथा सांसद रेखा यादवलाई विद्यालय कर्मचारीका माग पूरा गराउनका लागि आवश्यक समन्वय गरिदिन आग्रह गरेको छ ।
परिषद्का अध्यक्ष गंगाराम तिवारी, वरिष्ठ उपाध्यक्ष प्रदिप श्रेष्ठ, महासचिव शान्तिनाथ योगी र केन्द्रीय सदस्य मुकेश कुमार यादवले सांसद रेखाको निवासमै पुगेर सो आग्रह गरेका हुन् ।
उनीहरूले २०७९ भदौमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र विद्यालय कर्मचारीबीचमा भएको सहमति कार्यान्वयन गराउन आवश्यक पहल गरिदिन सांसद रेखालाई आग्रह गरे ।
सांसद यादवले विद्यालय कर्मचारीले उठाएका माग जायज रहेको बताउँदै माग पूरा गराउन आफूले सक्दो सहयोग गर्ने बताइन् ।
यो पनि पढ्नुहोस
प्रकाशित मिति: आइतबार, वैशाख ३१, २०८० ०८:३९