News Griha :: न्यूजगृह
‘मान्छेको मुख थुन्नुपर्ने कस्तो दिन आयो?’

काठमाडौं— राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले जनताको मुखथुन्ने भन्दा माग पूरा गराउन सुझाव दिएका छन् ।

मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ उपस्थित बानेश्वरको एक कार्यक्रममा आक्रोशित युवाले नाराबाजी गरेपछि प्रहरीले मुख थुनेको घटनालाई लिएर अध्यक्ष लिङ्देनले पूरा गराउन सुझाव दिएका हुन् ।

‘हेर्दाहेर्दै मान्छेको मुख थुन्नुपर्ने कस्तो दिन आयो ? प्रधानमन्त्रीज्यू, चाँडो भन्दा चाँडो बैंक तथा वित्तीय संस्थाहरूको ब्याज घटाउनुहोस्, युवालाई देशभित्रै रोजगारीको अवसर सिर्जना गर्नुहोस्, जो सम्भव छ,’ लिङ्देनले ट्विट गर्दैै भनेका छन्, ‘अन्यथा मुख थुनेर त के बन्दुकले पनि आवाजहरू थुनिन्न, जो तपाईं स्वयम्लाई थाहा छ ।’

प्रकाशित मिति: बुधबार, चैत ८, २०७९  ०८:३०
Weather Update