राष्ट्रपति पौडेलद्वारा रेशम चौधरीको कैद सजाय माफी

काठमाडौं— राष्ट्रपति रामचन्द्र पौडेलले नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीसहित १९ जनाको कैद सजाय माफी गरेका छन् ।
गत शुक्रबार र आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले गरेको सिफारिस अनुरुप राष्ट्रपति पौडेलबाट बाँकी कैद सजाय माफी भएको हो ।
आइतबार राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ,‘राष्ट्रपति रामचन्द्र पौडेलज्यूबाट नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८०/०२/१२ र २०८०/०२/१४ का बैठकका सिफारिस अनुसार टोपबहादुर बुढा समेतका १९ जना व्यक्तिहरूलाई विभिन्न अदालतबाट विभिन्न मितिमा भएका फैसलाबमोजिम लागेको कैद सजाय नेपालको संविधानको धारा २७६ र मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५९ बमोजिम गणतन्त्र दिवस, २०८० को उपलक्ष्यमा माफी भएको छ ।’
प्रकाशित मिति: आइतबार, जेठ १४, २०८० १८:२९