पौडी खेल्ने क्रममा बेपत्ता भएका गुरुङको शव फेला पर्यो

कास्की— पोखरा महानगरपालिका २२ स्थित हर्पन खोलामा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका एक जनाको शव फेला परेको छ ।
अन्नपुर्ण गाउँपालिका ११ घान्द्रुक घर भई पोखरा महानगरपालिका १४ चाउथे बस्ने ६१ बर्षिय मिन बहादुर गुरुङ्गको शव फेला परेको हो ।
सशस्त्र प्रहरी बल, नेपाल नम्बर २४ कालिका गणबाट खटिएको गोताखोरको टोलीले गुरुङको शव खोलाको १५ फिट गहिराइबाट बाहिर निकालेको हो । शव पोष्टमार्टमको लागि गण्डकी अस्पतालमा राखिएको छ ।
प्रकाशित मिति: आइतबार, जेठ १४, २०८० १६:०९