News Griha :: न्यूजगृह
खैरो हेरोइनको कारोबारमा संलग्न ६ जना पक्राउ

काठमाडौं— लागूऔषध खैरो हेरोइनको कारोबारमा संलग्न रहेको आरोपमा पक्राउ परेका ६ जनालाई प्रहरीले आइतबार सार्वजनिक गरेको छ । 

लागूऔषध नियन्त्रण ब्युरो (एनसीबी)बाट खटिएको टोलीले विभिन्न मितिमा उनीहरूलाई पक्राउ गरी आइतबार सार्वजनिक गरेको हो । 

Brown21685269103.jpg

पक्राउ पर्नेमा झापाका २७ वर्षीय किरण कन्दङ्वा, २८ का विजय लिम्बू, २९ का माधव मेचे र विनोद लिम्बू छन् । त्यस्तै, उनीहरूको बयानपछि प्रहरीले झापाबाट भारत दार्जिलिङका वर्ष २२ का शिव घोष र वर्ष २६ की श्यामला सोरेनलाई पक्राउ गरेको ब्युरोका प्रवक्ता चक्रराज जोशीले बताए । उनका अनुसार नेपालीलाई खैरो हेराइन उपलब्ध गराउने मुख्य व्यक्ति भारतीय नागरिक हुन् । 

यस्तो छ घटनाक्रम 
९ जेठमा काठमाडौंको बौद्ध टुसालस्थित एक होटलबाट २० ग्राम, डिजिटल तराजु १ थान र नेपाली रुपैयाँ ७ लाख ४० हजारसहित झापाका २७ वर्षीय किरण कन्दङ्वा पक्राउ परे । त्यस्तै ११ जेठमा काठमाडौं महानगर वडा नम्बर ९ बाट खैरो हेराइन ९४ ग्रामसहित २८ वर्षका विजय लिम्बू र २९ वर्षका माधव मेचे तथा विनोद लिम्बू पक्राउ परे ।

उनीहरूको बयानपछि प्रहरीले  १२ जेठमा झापाको भद्रपुर नगरपालिकाबाट खैरो हेराइन १९४ ग्राम ५४० मिलिग्रामसहित भारत पश्चिम बंगाल दार्जिलिङका वर्ष २२ का शिव घोष र वर्ष २६ की श्यामला सोरेनलाई पक्राउ गरेको हो ।

काठमाडौंबाट पक्राउ परेका ४ जनाविरुद्ध ब्युरोले अनुसन्धान प्रक्रिया अघि बढाएको छ भने झापामा पक्राउ परेका गिरोहका नाइकेविरुद्ध जिल्ला प्रहरी कार्यालयले थप अनुसन्धान अघि बढाएको छ ।  अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय झापामा बुझाइएको छ ।

खैरो हेरोइन प्रति १ ग्रामको अवैध बजारमूल्य अन्दाजी १० हजार छ । यस हिसाबले उनीहरूबाट बरामद ३१२.५४० ग्राम हिरोइनको बजारमूल्य ३१ लाख २५ हजार ४ सय पर्न आउँछ । 

 त्यस्तै ब्युरोको टोलीले लागूऔषध चरेस तीन किलो ६०० ग्रामसहित १ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका वडा नम्बर ५ घर भएका वर्ष ४२ का तेम्बा शेर्पा छन् । ११ जेठमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट थाइल्याण्ड जाने क्रममा उनी पक्राउ परेका हुन् । 

chashes1685269103.jpg

सेवनकर्ताले लागूऔषध चरेस भने प्रति केजी ५५ हजारको दरले किन्छन्  । बरामद ३ केजी ६ सय ग्राम चरेसको बजारमूल्य १ लाख ९८ हजार पर्न आउँछ ।

प्रकाशित मिति: आइतबार, जेठ १४, २०८०  १६:०२
Weather Update