News Griha :: न्यूजगृह
मैले घुस नखाँदा र नखुवाउँदा पापीहरू बौलाउन थाले : पर्यटनमन्त्री किराती

काठमाडौं— संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले आफूलाई घुस प्रकरणमा मुछ्न खोजिएको बताएका छन् ।

मन्त्री किरातीले आफूले गरिरहेको विभिन्न कामका सन्दर्भमा घुस खाएको खुवाएको भन्ने आरोप लागेपछि उनले आइतबार सामाजिक सञ्जालमार्फत त्यसको खण्डन गरेका छन् ।

उनले कोही कसैबाट घुस खाएको या खुवाएको प्रमाणित भए एक मिनेट पनि पदमा नबस्ने बताएका छन् ।

उनी फेसबुकमा लेख्छन्,‘मैले घुस नखाँदा र नखुवाउँदा पापीहरू बहुलाउन थाले, आखिरी म मर्दा ५ सयको कात्रो र ५ फिट जमिन चाहिएला ! प्रमाणित गर म एक मिनेट बस्दिनँ ।’

प्रकाशित मिति: आइतबार, जेठ १४, २०८०  ०९:५०
Weather Update