News Griha :: न्यूजगृह
विराटनगरमा पहिचानवादीहरू विहानैदेखि प्रदर्शनमा, केही पक्राउ

काठमाडौं— पहिचानको आधारमा प्रदेश १ को नाम राख्नुपर्ने माग गर्दै आन्दोलन गरिरहेका पहिचानवादीहरूले आइतबार बिहान विराटनगरमा प्रदर्शन गरेका छन् ।

गत १७ पुसमा प्रदेश सभाको बहुमत सदस्यबाट प्रदेशको नाम ‘कोशी’ राखिए पनि उनीहरूले त्यसको विरोध गर्दै आइरहेका छन् ।

आन्दोलनमा उत्रिएका लिम्बुवान भोलिन्टियर्सका १३ जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।

कोशी प्रदेशको बजेट अधिवेशन आजबाट सुरु हुँदै छ । त्यसलाई लक्षित गरेर प्रशासनले विराटनगर क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ । तर प्रदर्शनकारीहरूले बिहानैदेखि त्यसको अवज्ञा गरेका छन् ।

प्रकाशित मिति: आइतबार, जेठ १४, २०८०  ०९:३१
Weather Update