संरक्षित वन्यजन्तु गैँडाको खागसहित तीन जना पक्राउ

काठमाडौं— नवलपरासी पश्चिम रामग्राम नगरपालिका– १८ धरमपुरबाट संरक्षित वन्यजन्तु गैँडाको खाग (आखेटोपहार) सहित प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा ६५ वर्षीय होमबहादुर बिक, ४३ वर्षीय कृष्णबहादुर महतो र ६८ वर्षीय सिखा राम थारु छन् ।
केन्द्रीय अनुसन्धान ब्युरोबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
प्रकाशित मिति: शनिबार, जेठ १३, २०८० १९:५०