News Griha :: न्यूजगृह
आज तपाईंको राशिले के भन्छ ?

आज चैत्र ८ गते बुधबार । पञ्चांग शुक्ल किंस्तुघ्न उत्तरभाद्र । आज तेल लगाउने र नीमको पात खाने दिन साथै विश्व जल दिवस । तपाईंको राशिफल यस्तो छ ।

मेष

दिन राम्रो छ । दाम्पत्य जीवन सन्तोषजनक रहनेछ । आयआर्जन राम्रो छ । पुरानो मित्रबाट सहयोग प्राप्त हुनेछ । मन प्रशन्न हुनेछ ।

वृष

बोल्दा ख्याल गर्नुहोला । प्रेममा धोका पाइनेछ । वैदेशिक रोजगारको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ ।

मिथुन

मन खिन्न हुनेछ । भविष्यका लागि सोचिने कामबाट भने फाइदा लिन सकिनेछ ।

कर्कट

दिन सामान्य राम्रो छ । प्रेममा सफलता मिल्नेछ । शत्रू बढ्नेछन् ।

सिंह

दिन राम्रो छ । पुराना रोगबाट छुटकारा मिल्नेछ । प्रशन्नता बढ्नेछ ।

कन्या

दिन सन्तोषजनक रहेको छ । ज्ञानको उदय हुनेछ । प्रेम सम्बन्ध सुमधुर रहनेछ । अचानक लाभ हुनेछ ।

तुला

शिक्षामा गरेको श्रम लगानीबाट फाइदा हुनेछ । खर्च बढ्नेछ । स्वास्थ्यमा समस्या देखिनेछ । तर शत्रू निस्तेज हुनेछन् ।

वृश्चिक

पुराना घाउ बल्झने सम्भावना छ । धार्मिक क्षेत्रमा मन जानेछ । बोल्दा ख्याल गर्नुहोला ।

धनु

सचेत भएर मात्र काम गर्नु उपयुक्त हुन्छ । झुटा आरोप लाग्नेछ ।

मकर

मानसिक विचलन हुने देखिन्छ । शनिबार वरपिपलमा जल चढाउनुहोला ।

कुम्भ

आफन्तबाटै आरोप खेप्नुपर्नेछ । सम्पत्ति आर्जन हुनेछ ।

मीन

खर्च बढ्नेछ । भगवान शिवजीको स्मरण गरेर थालेको काममा सफलता मिल्नेछ ।

प्रकाशित मिति: बुधबार, चैत ८, २०७९  ०६:२६
Weather Update