News Griha :: न्यूजगृह
पत्रकारहरूको व्यावसायिक सुरक्षाको विषय पेचिलो बन्दै छ : अध्यक्ष पोखरेल

काठमाडौं— नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले श्रमजीवी पत्रकारहरूको व्यावसायिक सुरक्षाको सवाल पेचिलो बन्दै गएको बताएका छन् । 

शनिबार काठमाडौंमा नेपाल प्रेस युनियको ३२औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले अझै श्रमजीवी पत्रकारहरू समस्याको भूमरीमा परेको भन्दै फरक ढङगले प्रेस आन्दोलनमा उत्रिन आवश्यक रहेको टिप्पणी गरे ।

आर्थिक संकटको नाममा श्रमजीवीलाई मारमा पार्ने प्रवृति बढेको उनको गुनासो छ । 

उनले सामाजिक सञ्जालको बढ्दो प्रयोगले समाजमा अप्रमाणित र खराब भाष्य स्थापित हुँदै गएको भन्दै आपत्ति जनाए । 

प्रकाशित मिति: शनिबार, जेठ १३, २०८०  १३:२०
Weather Update