News Griha :: न्यूजगृह
नक्कली भुटानी शरणार्थी प्रकरणमा थप एक पक्राउ

काठमाडौं— नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको अभियोगमा प्रहरीले शुक्रबार थप एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा प्रहरीको फरार सूचीमा रहेकी लक्ष्मी महर्जन रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले जानकारी दिए ।

उनका अनुसार महर्जनको खातामा ठगी गरेको रकम जम्मा गरिएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

सन्देश शर्माले लक्ष्मीको खाता नम्बर पठाएअनुसार गजेन्द्र बुढाथोकीले लाखौँ रुपैयाँ जम्मा गरेको अनुसन्धानबाट खुलेको छ ।

पक्राउ परेकी महर्जनलाई प्रहरीले शुक्रबार जिल्ला अदालतमा उपस्थित गराइ हिरासतमा राखिएको जनाएको छ ।

लक्ष्मीसँगै शरणार्थी प्रकरणमा पक्राउ पर्नेको सङ्ख्या १७ पुगेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, जेठ १२, २०८०  २०:१९
Weather Update