मन्त्रिपरिषद् बैठक
नागरिकता विधेयक प्रमाणीकरण गर्न राष्ट्रपतिलाई आग्रह गर्ने सरकारको निर्णय

काठमाडौं— सरकारले दुवै सदनबाट पारित भएर राष्ट्रपति कार्यालयमा पुर्याइएको नागरिकता विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति रामचन्द्र पौडेललाई अनुरोध गर्ने निर्णय गरेको छ ।
शुक्रबार सिंहदरबारमा बसेको बैठकले राष्ट्रपति कार्यालयमा रहेको विधेयक प्रमाणीकरण गर्न अनुरोध गर्ने निर्णय गरेको हो ।
एक जना मन्त्रीका अनुसार शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरेको विधेयक प्रमाणीकरण गर्न अनुरोध गर्ने निर्णय गरेको छ ।
नागरिकता विधेयक टुंग्याउने विषयमा राष्ट्रपति रामचन्द्र पौडेल कानुनी परामर्शमा छन् । संघीय संसद्ले दोस्रोपटक राष्ट्रपतिसमक्ष पेश भएको विधेयक १५ दिनभित्र प्रमाणीकरण गर्नुपर्ने संवैधानिक प्रावधान छ ।
प्रकाशित मिति: शुक्रबार, जेठ १२, २०८० १८:२६