News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
काठमाडौं उपत्यकासहित बागमती प्रदेशमा सार्वजनिक यातायातको भाडा घट्यो [सूचीसहित] 
फाइल तस्बिर ।

काठमाडौं— काठमाडौं उपत्यकासहित बागमती प्रदेशमा चल्ने सार्वजनिक यातायातको भाडा घटेको छ ।

बागमती प्रदेशको श्रम रोजगार तथा यातायात मन्त्रालयले भाडा घटाएको हो । नेपाल आयल निगमले डिजेलको भाउ घटाएको ९ दिनपछि बागमती प्रदेशमा छोटो दूरीमा चल्ने गाडीको भाडा घटाइएको हो । मन्त्रालयले घटाएको भाडादर राजपत्रमा प्रकाशित भएको छ ।

Prabhu Bank

काठमाडौं उपत्यकाभित्र ५ दशमलव ९ प्रतिशत, उपत्यका बाहिर छोटो दूरीका सार्वजनिक सवारीमा ४ दशमलव १८ प्रतिशत र मालवाहक सवारीसाधनमा ५ दशमलव ६९ प्रतिशतले भाडा घटाएको मन्त्रालयका सचिव अस्मान तामाङले बताए ।उनले भने, ‘नयाँ भाडादर राजपत्रमा प्रकाशित भइसकेकाले शुक्रबारदेखि नै घटेको भाडादर लागू हुने छ ।’

यसअघि डिजेलको भाउ बढेको बेला लामो दूरीको गाडी भाडा बढेर छोटो दूरीको नबढेपछि व्यवसायी आफैँले भाडादर तोकेका थिए । नेपाल आयल निगमले अघिल्लो हप्ता बुधबारदेखि लागू हुने गरी डिजेलको भाउ घटाएको थियो । लगत्तै सरकारले लामो दूरीको भाडा समायोजना गरेको थियो ।

लामो दूरी अर्थात् अन्तर प्रदेशको भाडा केन्द्र सरकारबाट र छोटो दूरी अर्थात् अन्तरपालिकाको भाडा प्रदेश सरकारबाट निर्धारण हुने गर्दछ । गत २० चैतमा डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर १०/१० र पेट्रोलमा तीन रुपैयाँ घटाएको निगमले अघिल्लो हप्ता बुधबारदेखि लागू हुने गरी डिजेल र मट्टितेलमा प्रतिलिटर १०/१० रुपैयाँले भाउ घटाएको थियो । घटेको मूल्यअनुसार हाल डिजेलको मूल्य लिटरको एक सय ५५ रुपैयाँ कायम भएको छ ।

अघिल्लो वर्ष प्रदेशभित्र सञ्चालन हुने छोटो दूरीको भाडा बढेको थियो । बढेको भाडाअनुसार यात्रुले काठमाडौं उपत्यकामा सार्वजनिक गाडीमा चढ्ने बित्तिकै २० तिर्दै आएका छन् ।  

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शुक्रबार, जेठ १२, २०८०  ११:२०
sagarmatha cementsagarmatha cement
Weather Update