News Griha :: न्यूजगृह
नेत्रहीनहरूका लागि सरकारले लचिलो सीप परीक्षण विधि अपनाउँछ : सचिव सुवेदी

काठमाडौं— शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामकृष्ण सुवेदीले नेत्रहीनहरूका लागि सरकारले लचिलो सीप परीक्षण विधि अपनाउने बताएका छन् । 

शुक्रबार काठमाडौंमा आयोजित दृष्टिविहीनहरूको लागि व्यवसायिक सीप विकास र प्रवद्र्धन कार्यक्रममा सीटीइभीटीसँग सहकार्य गरी सरकारले नेत्रविहीनका लागि लचिलो सीप परीक्षण विधि अपनाउन सक्ने नेत्रहीनहरूले पनि सहजै रोजगारी पाउने अवस्था सिर्जना हुनसक्ने बताए । उनले नेत्रहीनहरूका लागि कस्ता सीप दिने भन्नेबारेमा विस्तृत छलफल गर्न आवश्यक देखिएको पनि बताए । 

कार्यक्रममा नेपाल नेत्रहीन संघका निर्देशक नरबहादुर लिम्बूले व्यवसायिक सीपसँग सम्बन्धित सरकारी कार्यक्रमहरूमा दृष्टिविहीनहरूलाई नसमेटिएको बताए । उनले सीप बिना जीवन चलाउन नसकिने भएकाले नेत्रहीनहरूलाई पनि सरकारले सीपसँग सम्बन्धित सरकारी कार्यक्रमहरूमा समेट्नैपर्ने जरुरी रहेको बताए ।

व्यवसायिक सीप विकासको प्रवद्र्धनमा सबै लाग्नुपर्ने उनको भनाइ छ । दृष्टिविहीनहरूले गरिरहेका कामहरूको सरकारी निकायबाट प्रमाणित गर्ने काम नभएकोप्रति गुनासो गरे । 

प्रकाशित मिति: शुक्रबार, जेठ १२, २०८०  १०:५८
Weather Update