News Griha :: न्यूजगृह
रौतहटमा एक वृद्धको हत्या, २ जना पक्राउ 

काठमाडौं— रौतहटमा एक वृद्धको हत्या भएको छ।

बिहीबार बिहान देवानी गोनाही नगरपालिका– १ करुनिया टोलमा स्थानीय ७५ वर्षीय शेख तैयबको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका डीएसपी उमाशंकर यादवले जानकारी दिए।

उनको टाउकोमा चोट लागेको छ। शवको पोस्टमार्टमको लागि गौर अस्पतालमा पठाइएको छ। हत्याको कारण नखुलेको प्रहरीको भनाई छ । २ जनालाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान भइरहेको डीएसपी यादवले बताए ।

पक्राउ परेकाको परिचय भने प्रहरीले गोप्य राखेको छ । ‘अनुसन्धानका लागि २ जनालाई नियन्त्रणमा लिइएको छ । घटनामा संलग्न भएको देखिए उनीहरूलाई सार्वजनिक गर्छौ,’ उनले भने ।  

 

प्रकाशित मिति: बिहीबार, जेठ ११, २०८०  १५:४५
Weather Update