News Griha :: न्यूजगृह
रुकुम पश्चिममा जीप दुर्घटना : पाँचजनाको अवस्था गम्भीर
प्रतीकात्मक तस्बिर ।

रुकुम पश्चिम— रुकुमपश्चिमको बाँफिकोट गाउँपालिका–८ दुलीमा बिहीबार भएको जीप दुर्घटनामा परेर पाँचजना गम्भीर घाइते भएका छन् । 

प्रहरी निरीक्षक एवं सूचना अधिकारी विष्णु श्रेष्ठका अनुसार गम्भीर घाइते पाँचै जनालाई उपचारका लागि केहीबेर अघि हेलिकोप्टरमा बाँकेको नेपालगन्ज लगिएको छ । अन्य घाइतेलाई जिल्ला अस्पताल सल्ले ल्याइएको छ । जीपमा १५ जना सवार थिए । 

सानीभेरी गाउँपालिका–५ मेलचौरबाट दुली हुँदै जिल्ला सदरमुकाम खलङ्गा जाँदै गरेको लु१ज १७४७ नम्बरको जीप दुलीको मोतिखोलामा दुर्घटना भएको हो । जीप सडकबाट करिब चार सय मिटर तल खसेको बताइएको छ । रासस

प्रकाशित मिति: बिहीबार, जेठ ११, २०८०  ११:२०
Weather Update