News Griha :: न्यूजगृह
चोरीको आरोपमा २७ पक्राउ

काठमाडौं— धनुषा प्रहरीले विभिन्न सरसामानदेखि मोटरसाइकलसम्म चोरी गर्ने २७ जनालाई एकैदिन सार्वजनिक गरेको छ ।

बुधबार जिल्लाको विभिन्न स्थानमा विभिन्न मितिमा चोरी गरेको आरोपमा पक्राउ परेकाहरूलाई जिल्ला प्रहरी कार्यालय धनुषाले बुधबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो ।

धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक बेदप्रसाद गौतमका अनुसार चालु आर्थिक वर्षमा हालसम्ममा जिल्ला प्रहरी कार्यालय र मातहतको कार्यालयमा ९६ वटा चोरीको मुद्दा दर्ता हुँदा ९७ जना पक्राउ परेका छन् ।

प्रकाशित मिति: बुधबार, जेठ १०, २०८०  १९:५४
Weather Update