News Griha :: न्यूजगृह
बैंकिङ कसुर मुद्दाका अभियुक्त पक्राउ

काठमाडौं— प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले बैंकिङ कसुर मुद्दाका एक जना अभियुक्तलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा दोलखा भीमेश्वर नगरपालिका–१ चरिकोट घर भई काठमाडौं बूढानीलकण्ठ बस्ने ४४ वर्षीय रमेशकुमार श्रेष्ठ छन् । बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनले उनलाई गत पुस २९ गते दोषी ठहर गर्दै १० दिन कैद र १३ लाख ५० हजार रूपैयाँ जरिवाना सजाय तोकेको थियो ।

कोटेश्वरबाट पक्राउ परेका श्रेष्ठलाई फैसला कार्यान्वयनका लागि ललितपुर जिल्ला अदालतमा पेस गरिएको सीआईबीले जनाएको छ । 

प्रकाशित मिति: मंगलबार, चैत ७, २०७९  १४:३७
Weather Update