News Griha :: न्यूजगृह
दुई मन्त्रीले लिए शपथ

काठमाडौं— नवनियुक्त दुई जना मन्त्रीले बुधबार पद तथा गोपनीयताको शपथ लिएका छन् ।

राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा वन तथा वातावरण मन्त्री वीरेन्द्रकुमार महतो र शिक्षा विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिला कुमारीले शपथ लिएका हुन् ।

मन्त्री महतोलाई राष्ट्रपति रामचन्द्र पौडेल र राज्यमन्त्री कुमारीलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शपथ गराएका हुन् ।

प्रधानमन्त्रीले मंगलबार जनता समाजवादी पार्टीका महतोलाई मन्त्री र कुमारीलाई राज्यमन्त्री नियुक्त गरेका थिए ।

दुई मन्त्री थपिएसँगै दाहाल नेतृत्वको मन्त्रिपरिषद् २५ सदस्यीय भएको छ ।

प्रकाशित मिति: बुधबार, जेठ १०, २०८०  १०:५५
Weather Update