संसद्
संघीय संसद्को संयुक्त बैठक बस्दै

काठमाडौं— संघीय संसद्को संयुक्त सञ्चालन नियमावली मस्यौदा प्रतिवेदनमा छलफल गर्न आज बुधबार अपराह्न ४ बजे संयुक्त बैठक बस्ने भएको छ ।
प्रतिनिधि सभाको मंगलबारको बैठकमा सभामुख देवराज घिमिरेले सो जानकारी गराएका थिए ।
बुधबार बिहान ११ बजे प्रतिनिधि सभाको बैठक बस्नेछ । सभामा सरकारको नीति तथा कार्यक्रममाथिको छलफल जारी रहनेछ ।
प्रकाशित मिति: बुधबार, जेठ १०, २०८० ०६:५८