केपी ओली भन्छन्– धर्मलाई राजनीतिक स्वार्थको हतियार बनाइयो

काठमाडौं— नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले धर्मलाई राजनीतिक स्वार्थको हतियारको रूपमा प्रयोग गरिएको बताएका छन् ।
सोमबार काठमाडौंमा आयोजित नेपाल मुस्लिम इत्तेहाद संगठनद्वारा आयोजित इद मिलन तथा पुस्तक विमोचन कार्यक्रममा अध्यक्ष ओलीले धर्मका नाममा देश विनाश भइरहेको बताउँदै राजनीतिक स्वार्थका लागि धर्मलाई हतियार बनाउने काम भइरहेको बताए ।
‘धर्मका नाममा देश विनाश भइरहेका छन् । धर्मको नाममा मानिसहरू बाँचेका छन्, मारिएका छन् । त्यसकारण नकारात्मक सोचमा जानुहुँदैन । राजनीतिक स्वार्थका लागि धर्मलाई हतियार बनाउने गरिन्छ, गरिएको छ,’ उनले भने ।
उनले एमाले बलियो हुने डरले जथाभाबी झुटो प्रचार गरिएको पनि बताए ।
प्रकाशित मिति: सोमबार, जेठ ८, २०८० १८:१९