News Griha :: न्यूजगृह
बैंकिङ कसुर मुद्दाका अभियुक्त पक्राउ

काठमाडौं— बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनले दोषी ठहर गरेका एक अभियुक्तलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको विशेष टोलीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ५२ वर्षका हेमकुमार श्रेष्ठ छन्  । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका– ३ घर भइ काठमाडौं– १० बस्ने श्रेष्ठलाई उच्च अदालतले ४ वैशाखमा दोषी ठहर गर्दै २ दिन कैद हुने फैसला गरेको थियो ।

अदालतले श्रेष्ठबाट ६ लाख बिगो जरिवाना र २४ हजार क्षतिपुर्ती भराउनसमेत आदेश दिएको थियो  ।

७ जेठमा पक्राउ परेका श्रेष्ठलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौंमा बुझाइएको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति: सोमबार, जेठ ८, २०८०  ११:५९
Weather Update