News Griha :: न्यूजगृह
आजदेखि प्रमुख दलहरूबीच सत्ता सहकार्यबारे छलफल हुने

काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिएसँगै सत्ता गठबन्धन आबद्ध दलहरूले सरकारको पूर्णताका विषयमा छलफल गर्ने भएका छन् ।

गठबन्धन आबद्ध दलहरूले सरकारलाई पूर्णता दिने विषयमा आजदेखि छलफल सुरु गर्ने भएका हुन् । प्रधानमन्त्री प्रचण्डले चार दिनभित्रै सरकारलाई पूर्णता दिने दाबी गरेका छन् ।

सोमबार प्रतिनिधिसभामा विश्वासको मत लिएलगत्तै उनले सञ्चारकर्मीसँगको संक्षिप्त कुराकानीमा अब चाँडै सरकारलाई पूर्णता दिने बताएका थिए ।

उनले सरकारलाई पूर्णता दिन समर्थन दिएका सबै दलहरूसँग मंगलबार बिहानबाटै छलफल सुरु गर्ने प्रतिक्रिया दिएका थिए ।

 

प्रकाशित मिति: मंगलबार, चैत ७, २०७९  ०७:५५
Weather Update