विश्वासको मत पाएपछि प्रधानमन्त्री
प्रधानमन्त्रीको दाबी– अब चार दिनभित्रै सरकारले पूर्णता पाउँछ

काठमाडौं— प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चार दिनभित्रै सरकारलाई पूर्णता दिने दाबी गरेका छन् । सोमबार प्रतिनिधिसभामा विश्वासको मत लिएलगत्तै दाहालले सञ्चारकर्मीसँग चार दिनभित्रै सरकारलाई पूर्णता दिने दाबी गरेका हुन् ।
प्रधानमन्त्री दाहालले सरकारलाई पूर्णता दिनका लागि सरकारलाई समर्थन दिएका सबै दलहरूसँग भोलि मंगलबार बिहानबाटै छलफल सुरु गर्ने बताए ।
उनले आफूले पाएको विश्वासको मत पर्याप्त रहेको र अब आराम ढंगले सरकारले काम गर्ने पनि बताए । ‘अब आज विश्वासको मत प्राप्त भइसकेपछि भोलि विहानबाट सरकारलाई पूर्णता दिने प्रक्रिया सुरु हुन्छ । जोजो दलहरूसँग हाम्रो गठबन्धन भएको छ, सहमति भएको छ, सबैसँग बसेर २/४ दिन भित्रमै सबै टुंग्याउने र अनि काम गर्ने विचार छ,’ प्रधानमन्त्री दाहालले भने ।
प्रकाशित मिति: सोमबार, चैत ६, २०७९ १८:५५













