News Griha :: न्यूजगृह
कस्तो रहला तपाईंको दिन ? राशिफल यस्तो छ

८ जेठ २०८०, सोमबार । जेठ शुक्ल तृतिया तिथि । पञ्चाङ्ग धृति तैतल मृगशिरा  । आज अन्तर्राष्ट्रिय जैविक विविधता दिवस । राशिफल हेर्नुहोस् ।

मेष : घरायसी समस्या बढ्नेछ । अरूको विश्वास घट्नेछ । पढाइलेखाइमा प्रगति हुनेछ । व्यापारबाट लाभ मिल्नेछ । वैदेशिक यात्रा हुनसक्छ । 

वृष : व्यावसायिक अल्झन देखा पर्ला । कार्यमा उत्साह बढ्नेछ । प्राविधिक क्षेत्र सबल बन्नेछ । कला क्षेत्रमा सुधार आउनेछ ।

मिथुन : रोकिएका अधुरा कामहरु पूरा हुनेछन् । साहित्यिक क्षेत्रमा प्रगति हुनेछ । अनावश्यक चिन्ता बढ्नेछ । मनग्य आम्दानी हुनेछ ।

कर्कट : सुखदुःखमा साथ दिनेहरू प्रशस्तै फेला पर्नेछन् । रोकिएको काम बन्नाले उत्साह जाग्नेछ । लगनशीलताले अप्ठ्यारा समस्या सुल्झाउँदै सामाजिक प्रतिष्ठा दिलाउनेछ ।

सिंह : आँटेका काम बन्नाले जोश जाँगर बढ्नेछ । मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउनेछ । प्रतिस्पर्धीहरूलाई पछि पार्दै विशेष अवसर हात पार्न सकिनेछ ।

कन्या : प्रतिभा प्रदर्शन गरेरै धेरैलाई अचम्मित पार्न सकिनेछ । व्यापाबाट प्रशस्त लाभ मिल्नेछ भने रचनात्मक कामले आम्दानीको दिगो स्रोत जुट्न सक्छ ।

तुला : रोकिएका अधुरा कामहरु पूरा हुनेछन् भने नयाँ काम सुरु गर्ने योग रहेको छ । शैक्षिक लगानी बढ्नेछ। मनग्य धन आर्जन हुनेछ ।

वृश्चिक : घरायसी काममा रुचि बढ्नेछ । अरूको विश्वास सजिलै जित्न सकिनेछ । मन प्रशन्न रहनेछ । अध्ययन अध्यापनमा आंशिक सुधार आउनेछ ।

धनु : धार्मिक कार्यमा रुचि बढ्नेछ । सिर्जनात्मक कार्य हुनेछन् । मानसिक चिन्तन एवम् पराक्रम बढ्नेछ । परोपकारी काममा समय बित्नेछ ।

मकर : आस मारेको काम बन्नाले उत्साह जाग्नेछ । टाढिएका साथीभाइ नजिकिनाले सुखदु:खमा साथ दिनेहरू भेटिनेछन् । काममा विभिन्न अवसर पाइनेछ ।

कुम्भ : फाइदा हुने काम प्राप्त हुन सक्छ । पारिवारिक भेटघाटले मन प्रफुल्लित हुनेछ । आँट गर्दा जटिल काम समेत सफल हुन सक्छ ।

मीन : अध्ययन अध्यापनमा प्रगति हुनेछ । प्रयत्न गर्दा विदेशयात्राको अवसर जुट्न सक्छ । बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ ।

प्रकाशित मिति: सोमबार, जेठ ८, २०८०  ०५:४५
Weather Update