बेपत्ता छानबिन र सत्य निरुपणको काम अन्तिम चरणमा : प्रधानमन्त्री दाहाल

काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बेपत्ता छानबिन र सत्य निरुपणको काम अन्तिम चरणमा पुगेको बताएका छन् ।
काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री दाहालले नीति तथा कार्यक्रममा अबको दुई वर्षमा यो काम टुङ्ग्याउने गरी समेटिएकोले समयमै काम सकिने विश्वास व्यक्त गरे ।
‘बेपत्ता योद्धाको छानबिन कुरा र सत्य निरुपणको कुरा पनि अन्तिम चरणमा छ,’ उनले भने,‘सबैतिर सहमति बनाएर केही दिनभित्र त्यो विधेयक पारित हुन्छ ।’
सबै दलको सहमति भएकाले सजिलो भएको उनको भनाइ छ ।
प्रकाशित मिति: आइतबार, जेठ ७, २०८० २०:५७