News Griha :: न्यूजगृह
टीआरसीसम्बन्धी विधेयक चालु अधिवेशनबाटै पारित हुन्छ :  रमेश लेखक

काठमाडौं— नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकलाई चालु अधिवेशनबाट नै संसदबाट पास गर्ने बताएका छन् ।

आइतबार काठमाडौंमा आयोजित १४औं राष्ट्रिय बेपता योद्धा स्मृति दिवसको अवसरमा अन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले विधेयक पास गर्ने बताएका हुन् ।

उनले भने,‘अहिले यो विधेयक संसदमा दर्ता भएको छ । संसदबाट हामीले समितिमा पठाएका छौँ । समितिबाट पनि उपसमिति बनाएर छलफलका लागि पठाइसकेका छौँ । हामी भोलिबाट नै यो विधेयकमा छलफल गर्नेछौँ । संक्रमणकालीन न्यायसँग सम्बन्धित विषय र विधेयकलाई चाँडोभन्दा चाँडो टुंगोमा पुर्‍याउनेछौँ । यही अधिवेशनबाट विधेयक पास गरी निष्कर्षमा पुर्‍याउनेछौँ ।’

प्रकाशित मिति: आइतबार, जेठ ७, २०८०  १९:४७
Weather Update