बझाङमा हिमपहिरो : एकको मृत्यु, दुई घाइते, दुई बेपत्ता

बझाङ— बझाङमा यार्सागुम्बा संकलनमा गएका एक जनाको हिमपहिरामा परेर ज्यान गएको छ । आइतबार सुर्मा गाउँपालिका–२ मा पर्ने धानशेरा भन्ने ठाउँमा हिमपहिरो जाँदा घटनास्थलमै उनको ज्यान गएको हो ।
सहायक प्रमुख जिल्ला अधिकारी सत्यकुमारी जोशीका अनुसार यार्सा संकलन गर्ने क्रममा हिमपहिरो जाँदा दुई घाइते भएका छन् भने दुई जना बेपत्ता भएका छन् ।
घटनाको जानकारी हुनासाथ नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली घटनास्थलतर्फ गएको सहायक प्रमुख जिल्ला अधिकारी जोशीले बताइन् ।
उनका अनुसार जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जनक ढुंगाना र सशस्त्र प्रहरीका प्रहरी नायब निरीक्षकसहितको टोली घटनास्थलमा परिचालन गरिएको छ ।
हिमपहिरामा परेर मृत्यु हुने, घाइते र बेपत्ता हुनेको परिचय खुलेको छैन ।
प्रकाशित मिति: आइतबार, जेठ ७, २०८० १९:२८