News Griha :: न्यूजगृह
संक्रमणकालीन न्याय टुंग्याउने विषयमा एमालेको पूर्ण समर्थन रहन्छ : एमाले उपमहासचिव ज्ञवाली

काठमाडौं— नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरुपण र मेलमिलाप आयोग ऐनमा संशोधनसम्बन्धी विधेयकमा एमालेको पूर्ण समर्थन रहने बताएका छन् ।

आइतबार काठमाडौंमा आयोजित १४औं राष्ट्रिय बेपता योद्धा स्मृति दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले समर्थन गर्ने बताएका हुन् ।

उनले चाँडै नै संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक संसदबाट पास हुनेमा विश्वस्त रहेको बताए ।

उनले भने,‘अहिले सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरुपण र मेलमिलाप आयोग ऐनमा संशोधन सम्बन्धी विधेयक संसदमा प्रस्तुत गरेको छ । केही दिनअघि संसदको विषयगत समितिमा पनि गइसकेको छ । म आशा गर्छु छिटो भन्दा छिटो टुंगिन सकोस्, अरु विषयमा हामी प्रतिपक्ष हौँला । धेरै कुरामा हाम्रा असहमतिहरु होलान्, तर संक्रमणकालीन न्याय टुंग्याउने कुरामा पूर्ण समर्थन रहनेछ ।’ 

प्रकाशित मिति: आइतबार, जेठ ७, २०८०  १७:४८
Weather Update