News Griha :: न्यूजगृह
पोर्चुगलमा सुतेकै अवस्थामा एक नेपालीको मृत्यु

काठमाडौं— वैदेशिक रोजगारीको सिलसिलामा ८ महिनाअघि पोर्चुगल पुगेका एक नेपाली युवाको मृत्यु भएको छ ।

बाँकेको खजुरा गाउँपालिका– १ चन्द्रनगरका ३३ वर्षीय गणेशमान साराङकोटीको गत शुक्रबार सुतेकै अवस्थामा मृत्यु भएको हो ।

साराङकोटीकोपोर्तीमाउस्थित कोठामा सुतेकै अवस्थामा मृत्यु भएको गैरआवासीय नेपाली संघ पोर्चुगलका अध्यक्ष रविन अधिकारीले जानकारी दिए । बिहीबार राति कामबाट आएर सुतेका उनी शुक्रबार बिहान ओछ्यानमै मृतावस्थामा भेटिएको उनले बताए । 

साराङकोटीपोर्तीमाउस्थित एक होटलमा कार्यरत थिए । रोजगारीकै सिलसिलामा उनी दुबई–माल्टा हुँदै ८ महिनाअघि पोर्चुगल पुगेका थिए । उनको शव पोर्तीमाउस्थित अस्पतालको शवगृहमै राखिएको छ ।   

प्रकाशित मिति: आइतबार, जेठ ७, २०८०  १०:४९
Weather Update