
आज २०७९ साल चैत्र ७ गते मंगलबार । आज गणेश भगवानको दर्शन गर्नाले धेरै पुण्य मिल्ने विश्वास छ । आजको पञ्चाङ्ग शुभ चतुष्पद पूर्वभाद्र रहको छ । आज घोडेजात्रा पनि हो ।
राशिफल
मेष
दिन राम्रो छ । सबै ग्रहले साथ दिएका छन् । वैदेशिक क्षेत्रमा गरेको लगानीबाट फाइदा पुग्नेछ । आकस्मिक लाभ हुनेछ ।
वृष
व्यापार व्यवसायमा उन्नति हुने देखिन्छ । शिक्षाको लगानी उठ्ने देखिन्छ । प्रेममा सफलता मिल्नेछ ।
मिथुन
दिन राम्रो छ । नसोचेको सम्पत्ति आर्जन हुनसक्छ । यसको लगानीले तपाईंको व्यापार व्यवसायमा उन्नति हुनेछ ।
कर्कट
पुराना साथीसँगको भेटले मन खुसी हुनेछ । रोग बढ्नेछ ।
सिंह
रोगबाट मुक्ति मिल्नेछ । शत्रु परास्त हुनेछन् । राजनीति क्षेत्रमा निकै राम्रो छ ।
कन्या
खर्च बढ्नेछ । पठनपाठनमा ढिलासुस्ती देखिने छ । साथीभाइबाट सहयोग पाउने योग छ ।
तुला
बोलीमा ख्याल गर्नुपर्नेछ । रोगको प्रकोप बढ्नेछ । शिक्षाको क्षेत्रमा राम्रो नतिजा प्राप्त हुने छ ।
वृश्चिक
शत्रु र रोगबाट मुक्ति मिल्नेछ । शब्दमा ख्याल गर्नुहोला । शिक्षाको क्षेत्रमा फाइदा मिल्नेछ ।
धनु
काममा ढिलासुस्ती हुनेछ । खर्च बढ्नेछ । व्यापार व्यवसाय गर्दा सचेत भएर लगानी गर्नु पर्नेछ ।
मकर
मानसम्मान प्राप्त हुनेछ । खर्च बढ्नेछ । स्वास्थ्यमा सुधार हुनेछ ।
कुम्भ
रोगबाट मुक्ति मिल्नेछ । मानसम्मान प्राप्त हुनेछ । खर्च बढ्नेछ ।
मीन
आकस्मिक लाभ मिल्नेछ । पुरानो फसेको भनिएको पैसा उठ्ने देखिन्छ ।