News Griha :: न्यूजगृह
जुवातास खेलिरहेका ९ जना पक्राउ

काठमाडौं— जुवातास खेली रहेका ९ जनालाई प्रहरीले विभिन्न स्थानबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सूर्यविनायक नगरपालिका– ८ आदर्श बागमती क्लब बस्ने ३६ वर्षीय काल बहादुर पाख्रिन समेत ५ जना र चाँगुनाराण नगरपालिका– २ ब्यासी बस्ने २९ वर्षीय बलराम सुवालसहित ४ जना छन् । 

उनीहरूको साथबाट प्रहरीले साढे २ लाख बढी रुपैयाँ बरामद गरेको छ । 

प्रकाशित मिति: शनिबार, जेठ ६, २०८०  १९:५७
Weather Update