News Griha :: न्यूजगृह
सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु

काठमाडौं— देशका विभिन्न स्थानमा सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा उदयपुर बेलका नगरपालिका ४ का ४ वर्षीया एन्जिल राना मगर, सुर्खेत वीरेन्द्रनगर नगरपालिका– ३ का २५ वर्षीय हिरालाल कँडेल र बारा महागढीमाई नगरपालिका– १ का ७१ वर्षीय पुनदेव महतो रहेका छन् । 

उदयपुर बेलका नगरपालिका– ४ मा प्र.२–०३–००१ ख४३०९ नम्बरको ट्रिपरको ठक्करबाट पैदलयात्री मगरको मृत्यु भएको हो । 
सुर्खेत बराहताल गाउँपालिका– ८ मा अछामबाट नेपालगञ्ज जाँदै गरेको सु प्र ०१००१ ख ३०७२ नम्बरको माइक्रोले क.प्र ०२००२ प ६७९६ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक कँडेलको मृत्यु भएको हो । 

बारा महागढीमाई नगरपालिका– १ मा बरियारपुरबाट गन्जभवानीपुर जाँदै गरेको लु. ८ प ६९६१ नम्बरको मोटरसाइकलको ठक्करबाट साइकलयात्री महतोको मृत्यु भएको हो ।

प्रकाशित मिति: शनिबार, जेठ ६, २०८०  १९:३७
Weather Update