News Griha :: न्यूजगृह
होटल मेरियटबाट दुई विदेशी नागरिक पक्राउ, पोल्यान्ड लैजाने भन्दै बिना अनुमति अभिमुखीकरण गरेको आरोप 

काठमाडौं— पोल्यान्ड लगायत युरोपका विभिन्न मुलुक लैजाने भन्दै काठमाडौंमा बिना अनुमति अभिमुखीकरण गर्ने दुई विदेशी नागरिकलाई वैदेशिक रोजगार विभागले होटल मेरियटबाट निणन्त्रणमा लिएको छ ।

 संयुक्त अरब इमिरेट्स (यूएई) मा रहेको नर्थ अमेरिकन भिसा सर्भिस सेन्टरबाट आएका एलेगफेडोसिक र रिटा फिएडोसिक लाई वैदेशिक रोजगार विभागले निणन्त्रणमा लिएको हो । 

पोल्यान्ड लैजाने भन्दै उनीहरूले टिकटक तथा फेसबुकमा विज्ञापन गरेका थिए । त्यही विज्ञापन हेरेर सयौं मानिसहरू होटल मेरियटमा उपस्थित भएका थिए । अभिमुखीकरणका सहयोगी इगल म्यानपावर कन्सल्टेन्सीका सञ्चालक कृष्ण ढकाललाई आइतबार विभागमा हाजिरको आदेश दिइएको छ । 

 

प्रकाशित मिति: शनिबार, जेठ ६, २०८०  १९:१५
Weather Update