विपत्ति
गुल्मीको रेसुङ्गा सामुदायिक वन क्षेत्रमा भीषण डढेलो, खानीगाउँ क्षेत्र जोखिममा

काठमाडौं— गुल्मीको रेसुङ्गा सामुदायिक वन क्षेत्रमा भीषण डढेलो लागेको छ । रेसुङ्गा नगरपालिका- ८ को खानीगाउँ क्षेत्र नजिकै रेसुङ्गा वनमा शुक्रबार बेलुकीदेखि डढेलो लागेको हो ।
स्थानीय, सुरक्षाकर्मीले डढेलो नियन्त्रणमा लिने प्रयास गरिरहेका छन् । तर पनि डढेलो नियन्त्रणमा आउन सकेको छैन् । डढेलोले खानीगाउँ क्षेत्र जोखिममा रहेको छ । गर्मी र सुख्खा मौसम सुरु भएपछि वन डढेलो लाग्ने गरेको छ ।
प्रकाशित मिति: शनिबार, जेठ ६, २०८० ०८:२६