News Griha :: न्यूजगृह
लापसे गरेर मोटरसाइकल चलाउने ५ युवा पक्राउ

काठमाडौं—  कीर्तिपुरमा शुक्रबार गरिएको चेकिङका क्रममा लागुपदार्थ सेवन (लापसे) गरी सवारी साधन चलाउने ५ जना पक्राउ परेका छन् ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार पक्राउ परेकाहरु सबै मोटरसाइकल चालक हुन् । पक्राउ पर्नेमा २१ वर्षीय सनिश जोशी, २० वर्षीय सन्देश शाही र  ४० वर्षीय रवी महर्जन छन् ।

त्यस्तै, २२ वर्षीय शोभन शर्मा र  २६ वर्षीय दिपजंग रेग्मी पनि पक्राउ परेका छन् ।

प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टका अनुसार उनीहरु सबैलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागी प्रहरी वृत्त कीर्तिपुर पठाइएको छ । 

प्रकाशित मिति: शनिबार, जेठ ६, २०८०  ०६:४१
Weather Update