सभामुख घिमिरेले फिर्ता लिए पत्रकारबारेको विवादित अभिव्यक्ति

काठमाडौं—नेपाल पत्रकार महासंघले प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले पत्रकारबारे दिएको विवादित अभिव्यक्ति फिर्ता लिएको जनाएको छ ।
सोमबार अपरान्ह नेपाल पत्रकार महासंघका पदाधिकारीलाई सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा बोलाई सभामुख घिमिरेले आफूले दिएको सो अभिव्यक्ति फिर्ता लिएको बताएका हुन् ।
गत चैत्र ३ गते नेपाल पत्रकार महासंघको प्रतिनिधिमण्डलसँगको भेटमा ‘पत्रकारहरू बिक्रीमा छन्’ भन्ने अभिव्यक्ति दिएपछि उनी विवादमा परेका थिए ।
सभामुखले उक्त अभिव्यक्ति आफूहरुसँगको भेटमा सच्याएको नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले जानकारी दिए ।
प्रकाशित मिति: सोमबार, चैत ६, २०७९ १९:२७