News Griha :: न्यूजगृह
माता पाथीभराको दर्शन गर्दै आफ्नो राशि हेर्नुहोस्

४ जेठ २०८०, बिहीबार ।  जेठ कृष्ण चतुर्दशी तिथि । पञ्चाङ्ग सौभाग्य विष्टि,भद्रा अश्विनी, सिथि चःह्रे । राशिफल हेर्नुहोस् ।

मेष : विशिष्ट व्यक्तित्वको सहयोग जुट्नाले विशेष अवसर पाइने समय छ । दिगो फाइदा हुने काम शुभारम्भ गर्ने अवसर जुट्नेछ ।

वृष  : आम्दानी सामान्य भए पनि ठूलो खाँचो टर्नेछ । खर्च भए पनि विभिन्न अवसरले पछ्याउनेछन् । मेहनत गर्दा अवसर भने पाइनेछ

मिथुन : नयाँ व्यवसाय सुरु गर्ने मौका छ । महत्त्वपूर्ण काम गरेर दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । पारिवारिक भेटघाटले प्रसन्नता मिल्नेछ ।

कर्कट : प्रयत्न गर्दा भाग्यले साथ दिने छ । परिवारको सहयोगमा महत्त्वपूर्ण काममा सफलता मिल्नेछ । श्रमको उचित मूल्य पाइनुका साथै आम्दानी पनि बढ्नेछ ।

सिंह : रमाइलो यात्राको अवसर जुट्न सक्छ । मन मिल्ने साथी भेटिनुका साथै प्रेमको बन्धन समेत कसिन सक्छ । अप्ठ्यारा कामको बोझ थपिने सम्भावना छ ।

कन्या : सुरुमा केही खर्च लागे पनि सोचेको काम बन्नेछ । व्यवसायमा लगानी बढाउने मौका जुर्न सक्छ । असन्तुलित खानपानले पेटको समस्या आउने समय छ ।

तुला : प्रशंसकहरू बढ्नेछन् र मानसम्मान समेत पाइनेछ । प्रतिस्पर्धीहरूलाई सजिलै वशमा ल्याउन सकिनेछ । सहयोगीहरू जुट्नाले व्यवसायबाट प्रशस्त फाइदा उठाउने मौका छ ।

वृश्चिक : आफ्नो क्षेत्रमा प्रभुत्व जमाउने समय छ । पैतृक सम्पत्तिको उपयोगबाट थप फाइदा उठाउन सकिनेछ । प्रतिष्ठित कामको जिम्मेवारी पाइनेछ ।

धनु : विगतका कमजोरी सच्याउने मौका मिल्नेछ । विशिष्ट व्यक्तित्वको सहयोग जुट्नाले विशेष अवसर पाइने समय छ । व्यापारबाट लाभ मिल्नेछ ।

मकर : काममा सुधार आउनुका साथै आस मारेको काम बन्नाले उत्साहित भइनेछ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । समुदायको हितमा गरिएका कामको तारिफ हुनेछ ।

कुम्भ  : सामान्य कामबाट राम्रो लाभ उठाउन सकिनेछ । लगनशीलताले महत्त्वपूर्ण काम दिलाउन सक्छ । मानसम्मान पनि पाइनेछ ।

मीन : अध्ययन अध्यापनमा प्रगति हुनेछ । बोलीको प्रभावले धेरैलाई आकर्षित गर्नुका साथै सजिलै काम बनाउन सकिनेछ । रमाइलो यात्राको योग रहेको छ ।

प्रकाशित मिति: बिहीबार, जेठ ४, २०८०  ०५:४१
Weather Update