बाबुरामले भने— रेशम चौधरी क्रान्तिकारी हुन्, सलाम

काठमाडौं— नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा.बाबुराम भट्टराईले रेशम चौधरी क्रान्तिकारी नेता भएको भन्दै सलाम गरेका छन् ।
मंगलबार सर्वोच्च अदालतले टीकापुर हत्याकाण्डमा जन्मकैदको सजाय भोगिरहेका चौधरीलाई उच्च अदालत दिपायलकै फैसला सदर गर्दै दोषी ठहर गरेको छ ।
सर्वोच्चको निर्णयपछि बुधबार बिहान पूर्वप्रधानमन्त्रीसमेत रहेका डा.भट्टराईले ट्वीटरमा लेखेका छन्,‘अदालत र न्यायाधीसले पुराना/विद्यमान कानून,नजीर,सोंच राखेर ‘अपराध’ को परिभाषा गर्छन् र ‘अपराधी’ लाई दण्ड सुनाउॅछन्! क्रान्तिकारीले पुरानो/विद्यमानसंग विद्रोह गरेर नयाॅ/भविष्यमुखी सोंच/मान्यता/विधि स्थापित गर्न खोज्छन् र पुरानाको नजरको ‘अपराध’ गरिरहन्छन्!इतिहासमा यो अन्तरविरोध निरन्तर चलिरहेको छ र चलिरहनेछ!रेशम चौधरी क्रान्तिकारी हुन् ! सलाम!!’
यो पनि पढ्नुहोस
प्रकाशित मिति: बुधबार, जेठ ३, २०८० ०७:३१