News Griha :: न्यूजगृह
३ जेठ बुधबार तपाईंको राशिफल

३ जेठ २०८०, बुधबार । जेठ कृष्ण त्रयोदशी तिथि ।  पञ्चाङ्ग आयुष्मान गर रेवती  । प्रदोष व्रत । विश्व दूरसञ्चार दिवस र  विश्व उच्च रक्तचाप दिवस रहेको छ । तपाईंको राशिफल हेर्नुहोस् ।

मेष

भेटघाट र रमाइलोमा समय बित्नेछ । बोलीचालीमा मिठास आउनेछ । पढालेखाइमा रुचि बढ्नेछ । स्वास्थ्यमा सुधार आउनेछ ।

वृष

व्यापारबाट लाभ मिल्नेछ । भोज भतेरमा जाने अवसर मिल्नेछ । साथीभाईको सहयोगमा महत्त्वपूर्ण काममा सफलता मिल्नेछ ।

मिथुन

शैक्षिक क्षेत्रमा गरेको लगानीबाट लाभ मिल्नेछ । बोलेको काममा सफलता मिल्नेछ । गरेको कामको उचित मूल्यांकन हुनेछ ।

कर्कट

जागिरमा पदोन्नति हुने समय छ । बौद्धिक काममा सफलता मिल्नेछ । स्वास्थ्यमा भने केहि समस्या आउने देखिन्छ ।

सिंह

धार्मिक र सामाजिक काममा ब्यस्त रहनुपर्नेछ । सामाजिक मानसम्मान मिल्नेछ । व्यापारबाट लाभ मिल्नेछ ।

कन्या

धार्मिक ऐतिहासिक ठाउँको भ्रमण हुनेछ । पारिवारिक जमघटमा मन रमाउनेछ । तपाईंको मेहनत र इमान्दारिताको अरुले प्रसंसा गर्नेछन् ।

तुला

अरुले विश्वास गर्नेछन् । केही गरिहाल्नुपर्ने समय छ । रोकिएका अधुरा कामहरु सुचारु हुनेछन् ।  घरपरिवारका सदस्यले काममा सहयोग गर्नेछन् ।

वृश्चिक

सामाजिक र धार्मिक काममा व्यस्त रहनुपर्नेछ । साथीभाईसँग रमाइलोमा समय बित्नेछ । पारिवारिक सम्बन्धमा सुधार आउनेछ ।

धनु

सामाजिक काममा सहभागी हुने अवसर मिल्नेछ । पारिवारिक सुख मिल्नेछ । शुभ समाचार सुन्न पाइनेछ । कलात्मक क्षेत्रमा राम्रो छ ।

मकर

अध्ययन अध्यापनमा सफलता मिल्नेछ । भाग्य बलियो रहनेछ । परोपकारी काममा रुचि बढ्नेछ । मन उत्साहित हुनेछ ।

कुम्भ

नोकरीमा उतारच ढाव आउनेछ । परिवारको सहयोगले महत्त्वपूर्ण काममा सफलता मिल्नेछ । जग्गा जमिनको कामबाट लाभ मिल्नेछ ।

मीन

अध्ययन अध्यापनमा सफलता मिल्नेछ । रोकिएका कामहरु सुचारु हुनेछन् । रमाइलो यात्राको योग रहेको छ । स्वास्थ्यमा समस्या देखिनेछ ।

प्रकाशित मिति: बुधबार, जेठ ३, २०८०  ०५:५२
Weather Update