कायस्थलाई राष्ट्रिय शहीद घोषणा गर्ने सरकारको निर्णय

काठमाडौं— सरकारले मुकेश कायस्थलाई राष्ट्रिय शहीद घोषणा गरेको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई राष्ट्रिय शहीद घोषणा गरेको हो ।
२०६२/६३ को दोस्रो जनआन्दोलनका क्रममा घाइते भएका काभ्रेका कायस्थको २८ वैशाखमा निधन भएको थियो ।
उनी जिउँदो शहीद भनेर चिनिएका थिए ।
प्रकाशित मिति: मंगलबार, जेठ २, २०८० १८:४२