News Griha :: न्यूजगृह
नागरिकता विधेयक : सरकारले राष्ट्रपतिलाई दबाब दिएको छैन : प्रवक्ता शर्मा

काठमाडौं— सरकारले राष्ट्रपति कार्यालयमा रहेको नागरिकता विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति रामचन्द्र पौडेललाई कुनै दबाब नदिएको दाबी गरेको छ ।

मंगलबारको मन्त्रिपरिषद्को बैठकपछि सरकारकी प्रवक्ता सूचना प्रविधि तथा सञ्चार मन्त्री रेखा शर्माले अघिल्लो सदनबाटै अनुमोदन गएर बसेको विधेयक प्रमाणीकरणको विषयमा राष्ट्रपति आफैंले कानुनी परार्मश लिएको बताइन् ।

‘अघिल्लो सदनले पास गरेको नागरिकता विधेयक प्रमाणीकरण गर्नमात्रै बाँकी थियो । त्यो विधेयकलाई अगाडि बढाउन कानुनी बाटो के हुन्छ भनेर राष्ट्रपतिले सुझाव लिएको हुनसक्छ’,उनले भनिन्,‘यो विषयलाई भारत भ्रणसँग जोडिँदैन । यो नेपाली नागरिकसँग जोडिन्छ । यो विषयमा गृहमन्त्रीसँग र संसदमा उठाराख्नुभएको छ । यसलाई प्रधानमन्त्रीको भारणसँग जोड्नुको औचित्य छैन ।’

प्रकाशित मिति: मंगलबार, जेठ २, २०८०  १८:१७
Weather Update